राष्ट्र बैंकको बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकको बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा



काठमाडौं । माछापुच्छ्रे बैंकले क्यूआर कोड सेवा नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा सुरु गरेको छ । बालुवाटारमा रहेको विभागमा नेपाल पे र फोन पे दुबै नेटवर्कको क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले संयुक्तरुपमा हस्ताक्षर गरी मिति २०८० श्रावण २१ गते देखि सुरुवात गरेका हुन् ।

उक्त सेवाबाट राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीहरुले क्यूआरमार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।

बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल ‘स्मार्ट बैंक’को रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढिरहेको छ ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार ०७:२९