तोलामा ३०० रुपैयाँले बढ्याे सुनकाे मुल्य, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा ३०० रुपैयाँले बढ्याे सुनकाे मुल्य, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ११ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको मुल्य भुने स्थिर रहेको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम रहेको छ ।

प्रकाशित : २१ श्रावण २०८०, आईतवार ११:३६