१८ वाणिज्य बैंकको नाफा बढ्दा २ बैंकको घट्यो, कुनकाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

१८ वाणिज्य बैंकको नाफा बढ्दा २ बैंकको घट्यो, कुनकाे कति ?



काठमाडौं । बाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार अधिकांश बैंकहरुले आफ्नो खुद नाफा बढाएका छन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २४.९३ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको यसैअवधिमा बाणिज्य बैंकहरुले ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । चौथो त्रैमाससम्म आइपुग्दा १८ वटा बै‌ककाे नाफा बढेकाे छ भने दुई बैंककाे नाफा घटेकाे छ । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने यसस‌गै दोस्रो बैंकमा ग्लोबल आइएमई बैंक रहेकाे छ । नबिल बैंकले ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार नाफा कमाएको छ भने ग्लोबल आइएमईले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार नाफा कमाएको छ ।

सबैभन्दा धेरै नाफा बढ्नेमा पनि नबिल बैंक रहेको छ । एक वर्षमा यसको नाफा ७६.८६५ ले बढेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ अर्बभन्दा माथि छ । यता नाफा बढाउन नसक्नेमा प्राइम र कुमारी बैंक रहेका छन् । यस अवधिमा प्राइम बैंकको नाफा १८.८० प्रतिशतले घटेर २ अर्ब २६ करोड ३१ लाख ५४ हजार रुपैयाँमा सिमित भएको छ । यस्तै कुमारी बैंकको नाफा २४.१३ प्रतिशतले घटेर १ अर्ब ९५ ७१ लाख ७ हजार रुपैयाँमा सिमित भएको छ ।


प्रकाशित : २१ श्रावण २०८०, आईतवार ११:०८