ऋणात्मक रहेको कर्णाली डेभलपमेन्ट बैंककाे खुद नाफामा छलाङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

ऋणात्मक रहेको कर्णाली डेभलपमेन्ट बैंककाे खुद नाफामा छलाङ

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा ऋणात्मक रहेको बैंकको खुद नाफा यस अवधिमा आइपुग्दा बढेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ३ करोड ७९ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८२.४५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.३३ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६७.८६ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ करोड ९३ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। अघिल्लो आर्थिक वर्षमा ७ रुपैयाँ ५४ पैसा ऋणात्मक रहेको बैंकको यस्तो आम्दानी गत आर्थिक वर्षमा ८ रपैयाँ ८१ पैसा धनात्मक भएको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४४.५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४३ पैसा रहेको छ।

५० करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० करोड २७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २.८५ प्रतिशत बढेको छ भने कर्जा लगानी ३.३४ प्रतिशत बढेको छ।

प्रकाशित : १८ श्रावण २०८०, बिहिबार १४:०९ 3 August, 2023 2:09 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।