घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनकाे मुल्य प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुनकाे मुल्य १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे दिन सुनको मुल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनकाे मुल्य १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ। अघिल्लाे दिन तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार १०:५७