पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको मूल्य भने घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको मूल्य भने घट्यो



काठमाडौं । नेपाल आयाल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढाएको छ भने ग्यासको मुल्य घटाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ मुल्य बढेको छ । यसैगरी, डिजेल र मट्टितेलमा पनि ७ रुपैयाँका दरले नै भाउ बढाइएको छ ।

तर खानापकाउने एलपी ग्यासमा भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ मुल्य घटाइएको छ । भारतबाट परिवर्तन भएर आएको मूल्य अनुसार यहाँ पनि मुल्य समायोजन गरिएको आयाल निगमले जानकारी दिएको छ ।

अहिले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिएको छ । नयाँ दर अनुसार पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रोमा १७२ र तेस्रो समूहमा १७३ रुपैयाँ पुगेको छ निगमको भनाई छ। यसैगरी, डिजेल र मट्टितेलको भाउ पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो समूहमा १५३ रुपैयाँ निर्धारण गरिएको छ । एलपी ग्यास भने घटेर प्रतिलिण्डिर १६ सय ६० रुपैयाँमा आएको छ ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार ०९:५५