ग्लोबल आईएमई बैंकको श्रावण स्पेसल अफर, महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आईएमई बैंकको श्रावण स्पेसल अफर, महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण स्पेसल अफर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको यो योजनाअन्तर्गत महिला ग्राहकहरूले निस्शुल्करूपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यो योजना श्रावण १६ गतेदेखि सीमित अवधिका लागि लागू हुनेछ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार ०९:३७