२०२६ भित्र डिजिटल करेन्सी कार्यान्वयनमा ल्याउने तयारीमा राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

२०२६ भित्र डिजिटल करेन्सी कार्यान्वयनमा ल्याउने तयारीमा राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले सन् २०२६ भित्र नेपालमा डिजिटल करेन्सी कार्यान्वयनमा ल्याउने भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो योजना सुनाएका हुन् ।

“नेपाल राष्ट्र बैंक चौंथो रणनीतिक योजना अन्तर्गत आगामी दिनहरूमा केन्द्रीय बैंक डिजिटल मुद्रा ल्याउने प्रक्रियामा छ,” उनले भने, “यो २०२६ सम्म स्थापित हुनेछ ।”

हाल प्रयोगमा रहेको भौतिक मुद्रालाई विस्थापित गर्दै त्यसलाई भर्चुअल रुपमा प्रस्तुत गर्ने गरी राष्ट्र बैंक अघि बढेको हो ।

प्रकाशित : १५ श्रावण २०८०, सोमबार १८:४८