एनआईबिएल सहभागिता फण्डको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईबिएल सहभागिता फण्डको लाभांश घोषणा



काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डको लाभांश घोषणा गरिएको छ । एनआईएमबि एस क्यापिटलको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले सहभागिता फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९÷७० का नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

एनआईबिएल सहभागिता फण्का इकाइधनीहरुलाई कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साथै, लाभांश वितरण प्रयोजनार्थ सञ्चालक समितिले साउन ११ गते नै बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् साउन ११ गतेसम्म कायम इकाइधनीहरुले मात्रै सो लाभांश प्राप्त गर्नेछन् ।

क्यापिटलका अनुसार इकाइधनीहरुले प्राप्त गर्ने लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत थप इकाइ खरिद गर्न सक्ने छन् । यसअघि यो योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराइसकेका योग्य इकाइधनीहरुको हितग्राही खातामा यथाशीघ्र इकाइ पठाइने पनि क्यापिटलले जनाएको छ ।

प्रकाशित : १३ श्रावण २०८०, शनिबार १९:३७