सुन तस्करीको उच्चस्तरीय छानबिन गर्न माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सुन तस्करीको उच्चस्तरीय छानबिन गर्न माग



काठमाडौं । एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करीको छानबिन गर्न उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने माग गरेका छन्। बुधबार बसेको संसद बैठकमा आकस्मिक समय लिएर बोलेका गिरीले मन्त्रीहरुको सेटिङमा सुन तस्करी भएको दाबी गर्दै उच्चस्तरीय छाबिन समिति बनाएर जरासम्म पुग्ने सुनिश्चितता गनुपर्ने बताएका हुन् ।

भन्सारबाट पास भएको १०० किलो सुन राजश्व अनुसन्धान विभागले ३ साउनमा बरामद गरेको उल्लेख गरदै उनले भने, ‘राजश्व अनुसन्धान विभागलाई सूचना प्राप्त हुँदा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई थियो कि थिएन ? अवश्य थियो’ कर्मचारीको सेटिङले मात्र यस्तो सुन तस्करी भएको छैन ।’

पछिल्लो २३ महिनामा २० विन्टलभन्दा बढी सुन तस्करी भएको दाबी गर्दै उनले भने, ‘यसको संरक्षण कसले गर्‍यो ? गृहमन्त्रीले गर्नु भएको हो कि होइन ? प्रधामन्त्रीले गर्नु भएको हो कि होइन ? अर्थमन्त्रीले गर्नु भएको हो कि होइन ।’

गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुन सुकै कोट वा टार होस् म कारबाही गर्छु भनेर जनतामा भ्रम छरेको भन्दै उनले भने, ‘गृहमन्त्री अब कुर्सीमा बस्न कुनै पनि हिसाबले लायक हुनुहुन्न । अब कुन नैतिक धरातलमा त्यो पदमा बस्न सुहाउँछ ?’

प्रकाशित : १० श्रावण २०८०, बुधबार १६:०२