समस्याग्रस्त सुपर लघुवित्त व्यवस्थापनको लागि १४ जनाको आवेदन (सूचीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

समस्याग्रस्त सुपर लघुवित्त व्यवस्थापनको लागि १४ जनाको आवेदन (सूचीसहित)



काठमाडौं । समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनको लागि १४ जनाको आवेदन दिएका छन् । नेपाल राष्ट्र बैंकले असार १४ गते समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्नु पर्ने भएकोले १ जना संयोजक र १ जना सदस्यको लागि दरखास्त आह्वान गरेको थियो।

जसमा संयोजक पदको लागि ९ जनाको आवेदन परेको छ भने सदस्य पदको लागि ५ जनाको आवेदन परेको छ । राष्ट्र बैंकले यी उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतीकरणको लागि समय तोकेको छ । जसमा संयोजक पदको कार्ययोजना प्रस्तुतीकरणको लागि साउन २३ देखि २५ गतेको समय तोकेको छ भने सदस्य पदको लागि साउन २६ गते शुक्रबारको समय तोकेको छ ।

कार्ययोजना प्रस्तुतीकरणपछि राष्ट्र बैंकले आवेदन मध्येबाट समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि एक संयोजक र एक सदस्य गरि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्ने छ ।

राष्ट्र बैंकले सुरुमा वैशाख २८ गते पहिलो पटक र जेठ १९ गते दोस्रो पटक सूचना जारी गर्दै दरखास्त माग गरेको थियो । तर २ पटक पनि जनशक्ति फेला नपरेपछि राष्ट्र बैंकले योग्यता घटाउँदै र तलव बढाएर असार १४ गते नयाँ सुचना जारी गरेको थियो । त्यसपछि भने आवेदन परेको हो।

प्रकाशित : १० श्रावण २०८०, बुधबार १३:३४