समाज लघुवित्तको साधारण सभा साउन ३१ गते, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समाज लघुवित्तको साधारण सभा साउन ३१ गते, बुक क्लोज कहिले ?



काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले पाँचौँ वार्षिक साधारण गर्ने भएको छ । संस्थाको साउन ९ गते बसेको बैठकले वार्षिक साधारणसभा आगामी साउन ३१ गते आयोजना गर्ने निर्णय गरेको हो।

सभाले आर्थिक वर्षको २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजी २ करोड रुपैयाँको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश छन्। सभाले उक्त आर्थिक वर्ष वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले साउन २१ गतेदेखि साउन ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन १८ गते (साउन १९ गते शुक्रबार र साउन २० गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित : १० श्रावण २०८०, बुधबार १२:०३