काठमाडाैं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०७९/८० अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले सहकारी विभागको निर्देशन नं. ८ बमोजिम गत आर्थिक बर्षको असारसम्मको वित्तीय विवरण प्रकाशित गरेको हो ।
संस्थाले प्रकाशित गरेको विवरण अनुसार शेयर पुँजी १५ करोड ८९ लाख २७ हजार, जगेडा कोष ११ करोड ७७ लाख ६६ हजार र संस्थागत पुँजी १२ करोड ५३ लाख ७४ हजार रहेको छ । त्यसैगरी अन्य कोषहरुमा ३ करोड २८ लाख ३९ हजार ,बचत संकलन १ अर्ब ४३ करोड ३६ लाख ५३ हजार र ऋण लगानी १ अर्ब ३२ करोड ३२ लाख गरेको प्रकाशित विवरणमा उल्लेख छ । संस्थामा ३०.७७ अर्थात ४४ करोड ११ लाख २५ हजार तरलता रकम रहेको छ । १७ हजार ७६७ सदस्य आवद्ध रहेको संस्थाको कूल सम्पत्ति १ अर्ब ८२ करोड ७६ लाख ५३ हजार पुगेको छ ।
संस्थाबाट २ हजार ९२५ जना सदस्यले ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका छन् ।संस्थामा ७ हजार २८९ जना कोपिला बाल सदस्य रहेका छन् । त्यसैगरी संस्थाले गत आर्थिक बर्षमा सुरक्षा कार्यक्रम अन्तर्गत सदस्यहरुलाइ राहत सुबिधा प्रदान गरेको छ । सुत्केरी भेटघाट,सुत्केरी उपचार खर्च, जटिल रोग उपचार सहयोग, दैवी विपति तथा आगजनी र मृत्यु राहत सहयोग प्रदान गरेको संस्थाले जनाएको छ ।





Comment