काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेले जिम्मेवारी पाएका हुन् ।
पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।
Comment