अहिलेको अवस्था सुहाउँदो मौद्रिक निती आयाे, सर्कुलरकाे पर्खाइमा छौं : बैंकर्स संघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अहिलेको अवस्था सुहाउँदो मौद्रिक निती आयाे, सर्कुलरकाे पर्खाइमा छौं : बैंकर्स संघ



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक निती अहिलेको अवस्था सुहाउँदो आएको नेपाल बैंकर्स संघले बताएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको बताएका हुन् ।

उनले भने, ‘निती अहिलेको अवस्था सुहाउँदो छ, भोलीको दिनमा आउने अफ्टेरो परिस्थिती हेरेर ल्याइएको छ । धेरै कुरा सर्कुलरमा आउँछ, त्यसैको पर्खाइमा छौं ।’

त्यस्तै, राष्ट्र बैंकको निर्देशन अनुसार असारमा स्प्रेड दर ४ प्रतिशतमा झारेका कारण आगामी दिनमा ब्याजदर थप घट्दै जाने पनि उनले बताए । पछिल्लो समय व्यवसायीहरुले माग गरे अनुसार नै ब्याजदर घट्दै गएको भन्दै उनले आगामी दिनमा थप ब्याजदर घट्दै जाने बताएका छन् ।

राष्ट्र बैंकले कर्जा उत्पादनमूलक क्षेत्रमा लैजाने भनेको र यसले रियल इकोनोमीलाई बढाउन सहयोग गर्ने केसीले बताए । राष्ट्र बैंकले घर कर्जा, सेयर कर्जा र अटो कर्जामा सहजीकरण गर्दा सानो-सानो कर्जाको प्रवाह बढेर जाने उनको भनाइ छ । त्यसैगरी, मनी मार्केटमा उतारचढाव कम हुने र स्थायित्व हुने अध्यक्ष केसीको दाबी छ । विदेशी पैसा ल्याउने बैंकलाई गरिएको सहजीकरण स्वागतयोग्य रहेको पनि उनले बताए ।

प्रकाशित : ८ श्रावण २०८०, सोमबार १७:३६