बचत फिर्ता नगरेपछि पशुपति सहकारी समस्याग्रस्त घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बचत फिर्ता नगरेपछि पशुपति सहकारी समस्याग्रस्त घोषणा



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पशुपति सेभिङ एन्ड क्रेडिट को–आपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ। मन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो।

मन्त्रालयले एक सूचना जारी गर्दै ललितपुरको मानभवनस्थित पशुपति सहकारीले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेका कारण समस्याग्रस्त घोषणा गरिएको स्पष्ट पारेको छ।

उक्त सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पशुपति सहकारीलाई गत साउन १ गते समस्याग्रस्त घोषणा गरेको थियो। त्यसअघि सहकारी विभागले पनि गत फागुनमा पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयसमक्ष सिफारिस गरेको थियो।

प्रकाशित : ८ श्रावण २०८०, सोमबार १३:३७