सुनको मुल्य घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य घट्याे



काठमाडौं । सोमबार सुनकाे मुल्यमा गिरावट आएको छ । आइतबार पाँच सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला एक हजार ४६५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर एक हजार ४६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : ८ श्रावण २०८०, सोमबार ११:५१