सुनको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पनि छापावाल सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : ७ श्रावण २०८०, आईतवार ११:२९