साधना लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साधना लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको दिनदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गोरखामा आफुले खरिद गर्ने सेयर कित्ताको मूल्य तथा संख्या दुलाई निवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

प्रकाशित : 23 July, 2023 10:44 am