बजारमा ६ खर्ब २५ अर्ब रुपैंया परिचालन हुदाँ, सरकारी खाताकाे नगद मौज्दात घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बजारमा ६ खर्ब २५ अर्ब रुपैंया परिचालन हुदाँ, सरकारी खाताकाे नगद मौज्दात घट्याे



काठमाडौं । राष्ट्र बैंकले असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ परिचालन (सर्कुलेसन) भएको बताएको छ। गत असार मसान्तको तुलनामा बजारमा पैसा परिचालन (पैसाको सर्कुलेसन) बढेको हो।

बजारमा अघिल्लो आव २०७८/७९ को असार मसान्तसम्म यस्तो सर्कुलेसन ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख थियो। जुन एक बर्षकाे अवधिमा १३ अर्ब ७६ करोड २ लाख रुपैयाँले बढी नगद सर्कुलेसन भएकाे हो।

समीक्षा अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थामा दुई खर्ब ८० अर्ब ७७ करोड ५५ लाख रुपैयाँ निक्षेप जम्मा भएको छ । त्यस्तै, अन्य वित्तीय संस्थामा १८ अर्ब १ करोड ८५ लाख रुपैंया भन्दा बढी जम्मा भएको छ।

उता सरकारको खातामा भने नगद मौज्दात घटेको छ। असार मसान्तसम्म सरकारको खातामा ४५ अर्ब ११ करोड ५७ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आव २०७८/७९ को असार मसान्तसम्म सरकारको खातामा २ खर्ब २५ अर्ब ५० करोड ६८ लाख रुपैयाँ रहेको थियो। यो हिसाबले सरकारी कोष १ खर्ब ८० अर्ब ३९ करोडले घटेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : ५ श्रावण २०८०, शुक्रबार १३:३५