बीमा सँस्थानको मुनाफा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बीमा सँस्थानको मुनाफा घट्यो



काठमाडौँ , २ फागुन । गत बर्ष यसै अवधिमा ५४ लाख मुनाफा कमाएको राष्ट्रिय बीमा संस्थानले यसबर्ष खुद मुनाफा ३६ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा ६१ दशमलव १५ प्रतिशतले कम हो  ।

९३ लाख रुपैयाँ चुक्ता पूँजी भएको राष्ट्रिय बीमा संस्थानले जगेडाकोषमा ३१ करोड ८५ लाख रुपैयाँ र जीवन बीमाकोषमा १२ अर्ब ४ करोड ४८ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानीमा ३० दशमलव ८० प्रतिशतले घटेर १ करोड १३ लाख रुपैयाँ पुगेको छ भने खर्च १० दशमलव ५७ प्रतिशतले बढेर ७६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको बीमा शुल्क खुद १ अर्ब १५ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ भने दाबी भुक्तानी खुद १ अर्ब २८ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : २ फाल्गुन २०७३, सोमबार ०९:१७