सुनको मुल्य घट्यो,कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य घट्यो,कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य स्थिर रहँदै तोलाको १ हजार ४८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मुल्य प्रतितोला १ हजार ४८० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : ३१ असार २०८०, आईतवार ११:५९