ग्रीन भेन्चर्सको साधारणसभामा हंगामा, एजेण्डाहरु परित हुन सकेनन् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्रीन भेन्चर्सको साधारणसभामा हंगामा, एजेण्डाहरु परित हुन सकेनन्



काठमाडौं । ग्रीन भेन्चर्स लिमिडेटको साधारणसभामा हंगामा मच्चिएको छ । सभामा सेयरधनीले व्यवस्थापनको काम कारवाहीप्रति चर्को विरोध गरेपछि कम्पनीले पेश गरेका दुई वटा प्रस्ताव परित हुन नसकेका हुन् । सेयरधनीहरुले चर्को विरोध गरेपछि कम्पनीले प्रस्ताव गरेको संचालक नियुक्ती गर्ने बिशेष प्रस्ताव र  बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव पारित हुन नसकेको हो । सभामा कम्पनीले संस्थापक समूहबाट ५ जना, सर्वसाधारण सेयरधनी मध्येबाट १ जना र स्वतन्त्र संचालक १ जनाको निर्वाचन गर्ने प्रस्ताव अघि सारेको थियो ।


संचालकहरुले सेयरधनीहरुलाई हेपेर पव्लिक कम्पनीको नीति नियमलाई लात हान्दै आफूखुसी सर्वसाधारण संचालक नियुक्ति गरेको भन्दै विरोध जनाएका थिए । संचालकको निर्वाचन प्रकृयामा सेयरधनीले निर्वाचनका लागि तोकिएको अवधिभित्रै आवेदन दिन कम्पनीमा जाँदा कम्पनी सचिवले उम्मेदवारी दर्ता गराउन कम्पनीको कम्तीमा ५ हजार कित्ता सेयर खरिद गरेको हुनु पर्ने भन्दै सेयरधनीलाई थर्काएर थिए ।

रजिष्ट्रर कार्यालयकाअनुसार पब्लिक कम्पनीको संचालक समितिको उम्मेदवारी दिन एक सय कित्ता सेयर हुनु पर्ने कानूनमा व्यवस्था छ । तर सचिवले आफूखुसी नियम बनाएर संचालक नियुक्तिमा सिन्डिकेट लगाएको आरोप सेयरधनीको छ । सभामा भत्ता बृद्धिको तीन महले प्रस्तावसहित नआई मौखिक रुपमा आएको भन्दै यो एजेण्डा पनि पारित हुन सकेन ।


करिव ५ घण्टा चलेको साधारणसभामा संचालक र सेयरधनीबीच भनाभन भएको थियो । सभामा कर्मचारी र सेयरधनीबीच हात हालाहालको अबस्था आएको थियो ।  सभामा कर्मचारीले सेयरधनीको आवाज दवाउन खोजेपछि सेयरधनी र कम्पनीका कर्मचारीबीच हात हालाहाल भएको हो । हातहालाहाल हुँदा एक जना सेयरधनी सामान्य घाईते भएका छन् । घाईते सेयरधनीको औलामा चोट लागेको छ ।

होहल्ला सामान्य भएपछि प्रस्ताव गरिएका एजेण्डाहरुमध्ये दुई एजेण्डाबाहेक अरु एजेण्डा पारित भएको सुनाउँदै आजको ३ महिनाभित्र साधारणसभा गर्ने बाँचा गर्दै कम्पनीका अध्यक्ष सुभाषचन्द्र संघई सभाहलबाट बाहिर निस्केका थिए । कम्पनीको संचालकमा अध्यक्ष सुभाष चन्द्र संघई, संचालकहरुमा त्रिलोकचन्द्र अग्रवाल, विरेन्द्रकुमार संघई, गोविन्दलाल संघई र अनुज अग्रवाल रहेका छन् ।

प्रकाशित : ३० असार २०८०, शनिबार ०८:१६