काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गरेकै कारण पछिल्लो समय नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ । डिजिटल कारोबार सरल, सहज, झन्झटमुक्त र सुरक्षित भएकै कारण मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको हो ।
पछिल्लो एक वर्षमा ३१ लाख २९ हजार ९९६ ले बढेको छन्। नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार अघिल्लो वर्ष जेठमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या एक करोड ७९ लाख ६१ हजार ६३ रहेको थियो। अहिले त्यो संख्या बढेर जेठसम्ममा दुई करोड १० लाख ९१ हजार ५९ पुगेको छ ।
पछिल्लो १ महिनामा मात्रै तीन लाख २७ हजार ७१३ जना मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन । गत बैशाखमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ७ लाख ६३ हजार ३४६ रहेको थियो। जेठमा यो संख्या बढेर दुई करोड १० लाख ९१ हजार ५९ पुगेको हो।
यसैगरी, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि पछिल्लो एक वर्षमा करिब दुई लाखले बढेको छ। गत वर्ष जेठसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १६ लाख ३२ हजार ६११ रहेकोमा यो वर्ष जेठसम्म बढेर १८ लाख ३० हजार ४२५ पुगेको छ।
यो वर्ष वैशाखसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १८ लाख ३ हजार ६५ थियो। पछिल्लो १ महिनामा मात्र यो संख्या बढेर २७ हजार ३६० ले बढेको छ।






Comment