हेलिकप्टरमा सवार सबै यात्रु मेक्सिकन(सूचिसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हेलिकप्टरमा सवार सबै यात्रु मेक्सिकन(सूचिसहित)



काठमाडौं । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु र रामेछापको सीमा क्षेत्र लाम्जुरा पासस्थित लिखुपिके–५ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । उक्त हेलिकप्टर सवार रहेका यात्रु सबै मेक्सिकोका रहेका थिए ।

जसमा ३ महिला र २ पुरुष रहेका थिए । विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए ।विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार हेलिकप्टरमा सवार यात्रुहरुमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस रहेका थिए ।

सोलुखुम्बुबाट काठमाडौँका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको जनाइएकाे छ ।

प्रकाशित : २६ असार २०८०, मंगलवार १४:३७