नेसनल र समिट लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेसनल र समिट लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति



काठमाडौं। नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले गत असार २२ गते पत्र पठाउँदै दुबै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो।

यसअघि गत पुस ७ गते यो मर्जरलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको थियो। यी दुवै लघुवित्तबीच गत असार ६ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो। यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।

दुवै लघुवित्तको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन ९डीडीए० प्रतिवेदन सिफारिसबमोजिम सेयर स्वाप रेसियो निर्धारण गरिएको हो। जसअनुसार नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच १ः०.७३ सेयर स्वाप रेसियोमा मर्जर हुनेछन्। यसको अर्थ नेसनल माइक्रोफाइनान्सको १०० कित्ता सेयरबराबर समिट लघुवित्तको ७३ कित्ता सेयर कायम हुनेछ।

प्रकाशित : २५ असार २०८०, सोमबार १५:१२