भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ परेपछि निजीक्षेत्र असन्तुष्ट, व्यवसायीलाई हतोत्साहित नबनाउन आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ परेपछि निजीक्षेत्र असन्तुष्ट, व्यवसायीलाई हतोत्साहित नबनाउन आग्रह



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटक सञ्चालक मिन बहादुर गुरुङ पक्राउ परेपछि निजी क्षेत्रका संगठनले विज्ञप्ति निकालेर व्यवसायीलाई हतोत्साहित नबनाउन आग्रह गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो सरकारसँग यस्तो आग्रह गरेका हुन् ।

मुलुकको अथर्तन्त्रमा ८१ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र अहिले समस्यामा रहेको स्मरण गराउँदै हतोत्साहित बनाउन आग्रह गरेको छ ।

उद्यम, व्यवसाय संकुचित हुँदा अर्थतन्त्रमा वहुआयामिक असर पर्ने देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुने विज्ञप्तिमा भनिएको छ ।

‘राज्यको यस्तो प्रवृत्तिले उद्यमी व्यवसायीको मनोबल कमजोर भई हतोत्साही हुने तथा मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला साना ठूला व्यवसायी एवं उद्यमीप्रतिको यस्तो व्यवहारले नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन निजी क्षेत्र हार्दिक आग्रह गर्दछ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन, कानुनी रुपमा अदालतले फैसला गरेर दोषी करार गर्‍यो भने त्यो सजाय सबैले भोगी नै हाल्नुपर्छ, तर दोषी करार गर्नुअगावै हतोत्साहित गर्न हुँदैन,’ विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : २५ असार २०८०, सोमबार १४:५४