ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?



काठमाडौं। नेपाल राष्ट्र बैंकले २७ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले असार २५ गते सोमबार २७ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न बोलकबोल गर्ने भएको हो।

केन्द्रीय बैंकले असार १९ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल सोमबार गर्नेछ।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ८ अर्ब रुपैयाँ ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः साउन २३ गते, असोज २३ गते, पुस २४ गते र २०८१ असार २६ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

प्रकाशित : २४ असार २०८०, आईतवार १४:४१