मुलडाँडा बहुउद्देश्यीय सहकारी संस्थालाई कर्जा भुक्तान गर्न संघको ३५ दिने अल्टिमेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुलडाँडा बहुउद्देश्यीय सहकारी संस्थालाई कर्जा भुक्तान गर्न संघको ३५ दिने अल्टिमेट



काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ ललितपुरले सहकारीले लिएको कर्जा नतिरेको भन्दै ऋणी संस्थालाई कर्जा चुक्ता गर्न ३५ दिनको समय दिएको छ । कर्जा लगेर नतिरेपछि ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा रहेको मुलडाँडा बहुउद्देश्यीय सहकारी संस्थालाई कर्जा भुक्तान गर्न संघले ३५ दिनको समयावधि दिएको हो ।

संघले बुधबार एक सुचना जारी गरी संस्थाले व्यवसायीक प्रयोजनका लागि लागेको कर्जाको साँवा, ब्याज लगायत अन्य दस्तुर आदि नतिरेको र संघसँग गरेको सम्झौता उंल्लघन भएको जनाएको छ ।

संघले सम्पूर्ण लेना रकम चुक्ता गर्न पटक–पटक लिखित तथा मौखिक रुपमा ताकेता गरेको र सो गर्दा समेत संघको कर्जा चुक्ता गर्ने तर्फ कुनै चासो नदेखाएको भन्दै कर्जा चुक्ता गर्न अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सदस्यहरुको नाममा सूचना जारी गरेको पनि जनाएको छ ।

३५ दिन भित्र कर्जाको सम्पूर्ण साँवा, ब्याज आदी चुक्ता नगरेको खण्डमा धितोमा राखेको जग्गा लिलाम बिक्री गरी कर्जा असुल गर्ने जनाएको छ ।

प्रकाशित : २० असार २०८०, बुधबार १३:३१