लघुवित्तका समस्या सुन्न राष्ट्र बैंकमा ‘गुनासो सुनुवाई डेस्क’, यसरी टिपाउँन सकिन्छ समस्या « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लघुवित्तका समस्या सुन्न राष्ट्र बैंकमा ‘गुनासो सुनुवाई डेस्क’, यसरी टिपाउँन सकिन्छ समस्या



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका सदस्यहरुको समस्या सम्बोधन गर्न गुनासो सुनुवाइ डेस्क स्थापना गरेको छ। केन्द्रीय बैंकको साेमबार एक सूचना प्रकाशित गरी लघुवित्त संस्था सुपरिवेक्षण विभागमा उक्त डेस्क स्थापना गरिएको जनाएकाे छ ।

अब लघुवित्त वित्तीय संस्थासँग बचत तथा कर्जाको कारोबार गरिरहेका सरोकारावाला सदस्यहरुले लघुवित्त सेवासम्बन्धी आफ्ना गुनासा उक्त डेस्कमा पेस गर्न सक्नेछन्।

यो डेस्कमा आफ्ना गुनासा पैसा तिर्नु नपर्ने (टोल फ्री) फोन नं. १८१०५००००२२ मार्फत टिकाउन सक्नेछन्।

यस्तै राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टल gunaso.nrb.org.np बाट वा ई–मेल [email protected] मार्फत वा कार्यालय समयमा राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी गराएको छ।

प्रकाशित : १८ असार २०८०, सोमबार १६:५५