एनआईबिएल एस क्यापिटलकाे सुरु भयाे एकीकृत कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईबिएल एस क्यापिटलकाे सुरु भयाे एकीकृत कारोबार



काठमाडौं। एनआईबिएल एस क्यापिटलले आजबाट एकीकृत कारोबार सुरु गरेको छ। कम्पनीको एनआईएमबि एस क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो।

प्राप्तिपश्चात साबिकको एनआईबिएल एस क्यापिटलको नाम एनआइएमबि एस क्यापिटल लिमिटेड हुने गरी परिवर्तन गर्न कम्पनी रजिस्ट्रारको कार्यालयबाट गत असार ११ गते स्वीकृति प्राप्त भइसकेकोे थियो।

दुवै संस्थाको गत जेठ २९ गते सम्पन्न विशेष साधारणसभाले एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटललाई प्राप्ति गर्ने पारित प्रस्ताव पारित गरेको थियो। गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्वसमेत आपूmले सकार्ने निर्णयसमेत सभाले गरेको थियो।

प्राप्तिपश्चात कम्पनीको चुक्तापुँजी ४७ करोड हुने, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालय र ५५ वटा भन्दा बढी कम्पनीको सेयर रजिस्ट्रार कार्यमार्फत करिब २५ लाखभन्दा बढी सेयरधनीलाई सेवा प्रदान हुने भएको छ।

प्रकाशित : १८ असार २०८०, सोमबार १२:२१