समाज लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति दिने भयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समाज लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति दिने भयो ?



काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९का लागि लाभांश वितरण गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितीय विवरण पारित गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १४.२५ प्रतिशतले हुन आउने २८ लाख ५० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने १ लाख ५० हजार रुपैयाँ नगद लाभांश छन्।

प्रस्तावित लाभांशमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित : १७ असार २०८०, आईतवार १२:४३