बैंकिङ प्रणालीमा निक्षेप बढ्दै, तीन दिनमा १६ अर्ब थपियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकिङ प्रणालीमा निक्षेप बढ्दै, तीन दिनमा १६ अर्ब थपियो



काठमाडौं। बैंकिङ प्रणालीमा निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ३ दिनको अवधिमा बैंकिङ प्रणालीमा १६ अर्ब रुपैयाँले निक्षेप बढेको हो।

गत असार ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब ८३ अर्ब रुपैयाँ रहेकोमा असार १४ गतेसम्म बढेर ५५ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ।

त्यस्तै, असार १४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप पनि १६ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। गत असार ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब २७ अर्ब रुपैयाँ रहेको थियो।

यो दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेको छ। गत असार ११ गतेसम्म कुल कर्जा लगानी ४८ खर्ब ६३ अर्ब रुपैयाँ रहेकोमा असार १४ गतेसम्म घटेर ४८ खर्ब ५९ अर्ब रुपैयाँमा झरेको छ।

निक्षेप बढेसँगै असार १४ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो झरेर ८३.६२ प्रतिशतमा झरेको छ। गत असार ११ गतेसम्म औसत सीडी रेसियो ८३.९२ प्रतिशत थियो।

प्रकाशित : १७ असार २०८०, आईतवार १२:२८