विजय र नयाँ सारथी लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको अन्तिम स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विजय र नयाँ सारथी लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको अन्तिम स्वीकृति



काठमाडौं । विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले मर्जर प्रक्रियामा जान नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएका छन् । केन्द्रीय बैंकले असार १५ गते पत्र पठाउँदै यी दुवै लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो।

मर्जरपछि राष्ट्रियस्तरको विजय लघुवित्त वित्तीय संस्थाको नामबाट वित्तीय कारोबार सञ्चालन गर्नेछन्। यसअघि दुवै लघुवित्तबीच गत वैशाख ३० गते मर्जरमा जाने अन्तिम सम्झौता भएको थियो। दुवै लघुवित्तको वार्षिक साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृति भएपछि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

यी दुवै लघुवित्तबीच गत मंसिर २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएपछि राष्ट्र बैंकले गत चैत २ गते यी दुवै लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो। यी दुवै लघुवित्त बराबरी हैसियत अर्थात १ः१ सेयर स्वाप रेसियोमा मर्जर हुँदैछन्।

प्रकाशित : 2 July, 2023 11:56 am