समृद्धि फाइनान्सको पाँच लाख ४४ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समृद्धि फाइनान्सको पाँच लाख ४४ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?



काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको पाँच लाख ४४ हजार ८९० कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार १३ गते) ले ३५ दिन आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

प्रकाशित : १३ असार २०८०, बुधबार १२:४८