ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित ५ जना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित ५ जना पक्राउ



काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई मंगलबार पक्राउ गरेको हो ।

यस प्रकरणमा मंगलबार शाहसहित सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव भुपेन्द्रमणि केसी, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की छन् ।

सहसचिवबाट अवकाश पाएका शाहले शाखा अधिकृत हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लगेको अनुसन्धानमा खुलेको छ । शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए ।

प्रकाशित : १२ असार २०८०, मंगलवार १६:२६