नेपाल बैंकका ऋणीहरुलाई कर्जा चुक्ता गर्दा ब्याज छुटको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल बैंकका ऋणीहरुलाई कर्जा चुक्ता गर्दा ब्याज छुटको अवसर



काठमाडौं । नेपाल बैंक लिमिटेडले ऋणीहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्न आउन आह्वान गरेकाे छ। बैंकले एक सूचना जारी गर्दै २०७० चैत मसान्तअगाडि नै खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा १ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मका खराब कर्जा तथा अपलेखित कर्जा ऋणीहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेको हो।

यो ब्याज छुट सुविधाको विशेष व्यवस्था यही असार मसान्तसम्म मात्र रहेको बैंकले स्पष्ट पारेको छ। यो अवसरको फाइदा लिई ऋणमुक्त हुन पनि बैंकले आग्रह गरेको छ।

प्रकाशित : 27 June, 2023 12:06 pm