आशा लघुवित्तले राष्ट्र उत्थानलाई प्राप्ती गर्न सेबोनबाट पायो स्वीकृती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आशा लघुवित्तले राष्ट्र उत्थानलाई प्राप्ती गर्न सेबोनबाट पायो स्वीकृती



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न नेपाल धितोपत्र बोर्डबाट पूर्व स्वीकृती पाएको छ । सेबोनको असार ४ गतेको पत्र मार्फत आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ती गर्ने पूर्व स्वीकृती पाएको हो ।

यसअघि गत जेठ २३ गते नेपाल राष्ट्र बैंकले आशा र राष्ट्र उत्थान लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो। यी दुवै लघुवित्तबीच गत चैत २९ गते प्राप्ति प्रक्रिया अगाडि बढाउने प्रारम्भिक सम्झौता भएको थियो। दुवै संस्थाका सञ्चालक समितिका अधिकारीहरुबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्र हस्ताक्षर गरेका थिए।

राष्ट्र उत्थानको चुक्तापुँजी २६ करोड रुपैयाँ र आशा लघुवित्तको चुक्तापुँजी ३३ करोड ३९ लाख रुपैयाँ रहेको छ। प्राप्ति प्रक्रियालाई स्वीकृत गर्न आशा र राष्ट्र उत्थान लघुवित्त यही असार १६ गते साधारणसभा पनि गर्ने भएका छन्।

प्रकाशित : ११ असार २०८०, सोमबार १३:४०