ग्लोबल आइएमई बैंकका कर्मचारीलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन तालिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकका कर्मचारीलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन तालिम



काठमाडौं । अन्तर्राष्ट्रिय वित्तनिगमद्धारा ग्लोबल आइएमई बैंक लिमिटेड, कर्जा विभागमा कार्यरत करिव ४०० जना कर्मचारीहरुलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम सम्पन्न गरेको छ । उक्त तालिम ग्लोबल आइएमई बैक र अन्तर्राष्ट्रिय वित्तिय निगमको सहकार्यमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रम विशेष गरेर आइएफसी परफरमेन्स स्टयान्डर्डस् र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो । तालिम कार्यक्रमलाई आइएफसीका वातावरण तथा सामाजिक जोखिम विज्ञहरुले संचालन गरेका थिए ।

अन्तर्राष्ट्रिय रुपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत शुसासन लगायतका विषयहरुबाट बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धी भई समग्र र्बैंकिङ्ग क्षेत्र लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित : ११ असार २०८०, सोमबार ११:५२