काठमाडौं महानगरद्वारा संकटग्रस्त सहकारी व्यवस्थापनको लागि संस्थागत संयन्त्र निर्माण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

काठमाडौं महानगरद्वारा संकटग्रस्त सहकारी व्यवस्थापनको लागि संस्थागत संयन्त्र निर्माण गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले संकटग्रस्त सहकारी व्यवस्थापनको लागि संस्थागत संयन्त्र निर्माण गर्ने जनाएको छ । आइतबार आयोजित महानगरको १३औं नगरसभा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पेस गर्दै संकटग्रस्त सहकारी व्यवस्थापनको लागि संस्थागत संयन्त्र निर्माण गरी प्रभावकारी कार्यक्रम संचालन गर्न सहकारी विभाग अन्तर्गत आवश्यक रकमको प्रबन्ध मिलाइएको जानकारी दिईन् ।

पछिल्लो समय काठमाडौं महानगरभित्र थुप्रै सहकारीहरु समस्यामा परेका छन् । जसलाई व्यवस्थापन गर्न संस्थागत संयन्त्र निर्माण गर्ने महानगरले जनाएको छ । त्यस्तै, महानगरले उत्पादन र उपभोगलाई जोड्न अनलाईन इ–कमर्स प्लाटफर्म मार्फत मेट्रो मार्ट संचालनमा ल्याउन रु. १ करोड रकम विनियोजन गरेको पनि जनाएको छ ।

प्रकाशित : १० असार २०८०, आईतवार १४:५८