सरकारले ३ अर्ब ६१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सरकारले ३ अर्ब ६१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै



काठमाडौं। नेपाल राष्ट्र बैंकले असार ११ गते सोमबार २४ अर्ब ११ करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले असार १२ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल सोमबार गर्न लागेको हो।

राष्ट्र बैंकले २८ दिनका लागि ४० अर्ब रुपैयाँ, ९१ दिनका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ, १८२ दिनका लागि ५ अर्बरुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः साउन ९ गते, असोज ९ गते, पुस १० गते र २०८१ असार १२ गते परिपक्व हुनेछन्।

सरकारले ३ अर्ब ६१ करोड रुपैयाँ आन्तरिक ऋणपत्र उठाउने भएको छ भने २० अर्ब ५० करोड रुपैयाँ बढीको नवीकरण गर्ने भएको छ। जसमा ३ अर्ब ६१ करोड रुपैयाँको बोलकबोलमार्फत बिक्री गरिनेछ भने २० अर्ब ५० करोड २५ लाख रुपैयाँको नवीकरण गरिनेछ।

यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

प्रकाशित : १० असार २०८०, आईतवार १२:२३