समृद्धि फाइनान्सको दशौँ शाखा महोत्तरीको औरहीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

समृद्धि फाइनान्सको दशौँ शाखा महोत्तरीको औरहीमा



काठमाडौं । महोत्तरीको औरहीमा समृद्धि फाइनान्स कम्पनीको दशौँ शाखा सञ्चालनमा आएको छ । औरही नगरपालिकाका मेयर प्रदिपकुमार खड्का र समृद्धि फाईनान्सका सञ्चालक दुर्गा थापाले संयुक्त रुपमा शाखा शुरुवात गरे ।

यो नयाँ शाखासहित देशभरमा समृद्धि फाइनान्सको शाखा संख्या १० पुगेको छ । संस्थाले यसै हप्ता थप २ नयाँ शाखा उद्घाटन गर्ने योजना रहेको जनाएको छ ।

संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ् लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

प्रकाशित : ६ असार २०८०, बुधबार १३:२०