सानिमा रिलायन्स लाईफले हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यको बीमा गरिदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा रिलायन्स लाईफले हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यको बीमा गरिदिने



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाबीच सहकारी संस्थाको लघुबित्त कार्यक्रममा आबद्ध भएका ग्राहक सदस्यहरुको म्यादी जिबन बीमाका लागी सम्झौता सम्पन्न भएको छ ।

सरल तथा सहज बीमाका लागी भरपर्दाै बीमा कम्पनीका रुपमा परिचित सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिबनाथ पाण्डे र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका तर्फबाट अध्यक्ष बालकृष्ण पाण्डेयले उक्त सम्झौैतामा हस्ताक्षर गरेका हुन् ।

बीमा सम्झौता कार्यक्रममा सहकारी संस्थाका आई.टी सल्लाहकार दिपेन्द्र पौडेलको समेत उपस्थीति रहेको थियो । उक्त अबसरमा अध्यक्ष पाण्डेयले आगामी दिनमा सहकारी संस्थामा आबद्द सम्पूर्ण सदस्यहरुको समेत बीमा गरिने र आबश्यकता अनुसार अन्य योजनाहरुमा पनि सहकार्य गरिने जानकारी दिए ।

बुटवल रुपन्देहीमा मुख्य कार्यालय रहेको प्रादेशिक स्तरको यस सहकारी संस्थाले बिपन्न बर्गका ग्राहक सदस्यहरुमा उद्यमशिलता बिकास गर्नका लागी बिना भेदभाब“हामी गर्छाे,सबैका लागी,सधैका लागी”भन्ने मुलनाराका साथ लघुबित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित : ६ असार २०८०, बुधबार १२:२७