राष्ट्रिय सहकारी बैंकमा तरलता ३०.३९ प्रतिशत पुग्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी बैंकमा तरलता ३०.३९ प्रतिशत पुग्याे



काठमाडौं । राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको जेठ महिनाको अपरष्किृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार यस अवधिमा बैंकको तरलता ३०.३९ प्रतिशत रहेकाे छ ।

साथै, अघिल्लो महिनाको तुलनामा तरलता रकम भने ३.३२ प्रतिशतले बढेर १४ अर्ब ९६ करोड ९७ लाख रुपैंया पुगेको हो । अघिल्लो महिना बैशाखमा तरलता २७.०७ प्रतिशत मात्र थियो । त्यसैगरी, यस अवधिमा सहकारी बैंकमा कुल सम्पति ५७ अर्ब २८ करोड ५५ लाख रुपैंया पुगेको छ।

जेठ मसान्तसम्म सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १५ हजार ९१६ रहेका छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ५१५ रहेका छ ।

विवरण अनुसार हाल बैंकको सेयरपुँजी २ अर्ब ८५ करोड ३८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख, कुल बचत ४९ अर्ब २६ करोड १८ लाख, ऋण लगानी ३३ अर्ब १७ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, समिक्षा अवधिमा बैंकको कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख, विभिन्न कोषको जम्मा रकम ५० करोड ४४ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : ६ असार २०८०, बुधबार ०९:१९