१० महिनामा वाणिज्य बैंकहरुको नाफा ५७ अर्ब  १७ करोड, कुन बैंकले कति कमाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

१० महिनामा वाणिज्य बैंकहरुको नाफा ५७ अर्ब  १७ करोड, कुन बैंकले कति कमाए ?



काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुको कुल नाफा ५७ अर्ब रुपैयाँ नाघेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको बैशाखसम्मको तथ्यांक अनुसार २१ बाणिज्य बैंकहरुको कुल नाफा ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ पुगेको हो ।

यस्तो नाफा गत चैतसम्म ४८ अर्ब ७० करोड रुपैंया गरेका थिए । यो अवधिसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । बैशाखसम्म नबिल बैंकले कुल ६ अर्ब १२ करोड खुद नाफा गरेको छ ।

त्यस्तै, ५ अर्ब ३४ करोड सहित ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रहेको छ भने ४ अर्ब ३९ करोड खुद नाफा सहित एनआईसी एसिया बैंक तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले भने ४ अर्ब ५ करोड खुद नाफा गरेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ३ अर्ब ८९ करोड रहेको छ ।

यस अवधिमा सबैभन्दा कम नाफा कृषि विकास बैंकको रहेको छ । कृषि विकास बैंकले १ अर्ब २२ करोड खुद नाफा गरेको छ भने सनराइज बैंकले १ अर्ब ३७ करोड खुद नाफा कमाएको छ । त्यस्तै सिटिजन्स बैंकको खुद नाफा १ अर्ब ४३ करोड, लक्ष्मी बैंकको खुद नाफा १ अर्ब ४६ करोड, तथा माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब ५६ करोड रहेको छ ।

कुन बैंकको खुद नाफा कति ?

प्रकाशित : ४ असार २०८०, सोमबार १४:२८