१० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले असार ५ गते बोलकबोल हुने गरी ६ वर्षे अवधिका लागि विकास ऋणपत्र २०८६ ‘ङ’ बिक्री गर्ने भएको हो ।

उक्त विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल मार्फत खरिद गर्न सक्नेछन् । यसको ब्याजदर बोलकबोलको माध्यमबाट हुनेछ । निष्काशन असार ६ गते हुनेछ भने यसको साँवा भुक्तानी २०८६ असार ६ गते हुुनेछ । ब्याज अर्धबार्षिक रुपमा हुने छ। ब्याजमा भने ब्याजकर लाग्ने छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गर्ने राष्ट्र बैंकले जनाएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जनाइएको छ ।

प्रकाशित : ४ असार २०८०, सोमबार १२:३५