काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले वितिय काराेवार गर्ने सहकारीकाे अनुगमन र नियमनकाे जिम्मा राष्ट्र बैंकलाई दिन नहुने समेत बताएका छन् । बिहिबार नेपाल व्यवस्थापन संघ (म्यान)ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न आयोजना गरेको छलफल कार्यक्रममा खतिवडाले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘सहकारीको जिम्मा राष्ट्र बैंकलाई नदिओस् है । सहकारी लिनु भयो भने तपाईँहरू फस्नु हुन्छ ।’
Comment