एकै दिन बैंकिङ प्रणालीमा थपियो ३ अर्ब निक्षेप, अन्तरबैंक ब्याजदर ६.१८ प्रतिशतमा झर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एकै दिन बैंकिङ प्रणालीमा थपियो ३ अर्ब निक्षेप, अन्तरबैंक ब्याजदर ६.१८ प्रतिशतमा झर्यो



काठमाडौं । बैंकिङ प्रणालीमा एकै दिनमा निक्षेप संकलन ३ अर्ब रुपैयाँले बढेको छ । प्रणालीमा निक्षेप ३ अर्बले बढेको छ भने कर्जा लगानी स्थिर रहेको छ ।

राष्ट्र बैंककाअनुसार जेठ २८ गतेसम्म ५५ खर्ब ३४ अर्ब रहेको निक्षेप जेठ २९ गते ३ अर्बले बढेर ५५ खर्ब ३७ अर्ब पुगेको छ । बैंकका अनुसार निक्षेप एक दिनमा ३ अर्बले बढ्दा यता वाणिज्य बैंकको मात्रै पनि ३ अर्ब रुपैयाँले बढेको छ । जेठ २८ गतेसम्म ४८ खर्ब ८२ अर्ब रुपैयाँ रहेको निक्षेप भोलिपल्ट जेठ २९ गतेसम्म ४८ खर्ब ८५ अर्ब रहेको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थामा भने स्थिर रहदै ६ खर्ब ५२ अर्ब मै सिमित रहेको छ ।

यता कर्जा प्रवाह पनि यस अवधिसम्ममा बाणिज्य बैंक तथा अन्य बैंक वित्तिय संस्थामा स्थिर रहदै ४८ खर्ब ५३ अर्ब कायम भएको छ । यस अवधिमा बाणिज्य बैंकको कर्जा प्रवाह ४२ खर्ब ९८ अर्ब रहेको छ भने अन्य बैंक वित्तिय संस्थामा पनि ५ खर्ब ५५ अर्बमा सिमित रहेको छ ।

बैंकमा जेठ २९ गतेसम्म कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ८४.४० प्रतिशत पुगेको छ । जुन जेठ २८ गतेसम्म ८४.४१ प्रतिशत रहेको थियो । यस्तै अन्तर बैंक ब्याज ६.२१ प्रतिशतबाट घटेर ६.१८ प्रतिशतमा झरेको छ ।

प्रकाशित : ३१ जेष्ठ २०८०, बुधबार १४:४५