विदेशी मुद्राको सञ्चिति २०.९ प्रतिशतले बढ्यो, ११.२ महिनाको वस्तु आयात धान्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

विदेशी मुद्राको सञ्चिति २०.९ प्रतिशतले बढ्यो, ११.२ महिनाको वस्तु आयात धान्ने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकबाट यस्तो देखिएको छ। तथ्यांकअनुसार हाल ११ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको छ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० वैशाख मसान्तमा १४ लाख ७० अर्ब ३३ करोड पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ।

प्रकाशित : २६ जेष्ठ २०८०, शुक्रबार १३:३३ 9 June, 2023 1:33 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।