काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाको साधारण सभा स्थगित भएको छ । समिटले शुक्रबार एक सूचना जारी गर्दै विशेष कारणबस साधारण सभा स्थगित गरेको जनाएको छ । कम्पनीले साधारण सभा लागि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको बताएको हो ।
सभा स्थगित गर्नुको कारण भने खुलाइएको छैन । यसअघि लघुवित्तको सञ्चालक समितीको जेठ ८ गते बसेको बैठकले जेठ ३० गते अरनिको पार्टीप्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे बोलाएको थियो ।
सभामा गत वर्षको नाफाबाट १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभा प्रयोजनका लागि जेठ १८ गते बुक क्लोजको मिति तय गरेको थियो ।
Comment